आज गणेश चतुर्थी, भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै

Share:

पोखरा । आज गणेश चतुर्थी पर्व अर्थात भगवान श्री गणेशको जन्मदिन । हन्दुधर्मावलम्वीहरुले भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै छ ।

यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । तर यस वर्ष काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण घरमै गणेशको पूजा आराधना गरि मनाइँदै छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिनलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ ।

विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजाधानी लगायत मुख्य शहरमा गणेश रथयात्रा पनि शुरु भएको छ । यस वर्ष भने कोरोनाबाट बच्न जारी निषेधाज्ञा र बन्दाबन्दीका कारण रथयात्रा स्थगित गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: