पोखराका थप १३ जनामा कोरोना पुष्टि, विहान मात्रै थपिए १६

Share:

पोखरा । पोखरामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार विहान प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ८ वटा वडाका १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालाय गण्डकीले जनाएको छ ।

निर्देशनालायका अनुसार पोखरा महानगरपालिकाको वडा नं. ४, ५, ६, ८, ९, १६, २७ र ३० का ४ महिला र ९ पुरुष गरी १३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसअघि आजै महानगरपालिकाको वडा नं. ९ र ४ का ६ बर्षीया बालिका सहित २ महिला र एक पुरुषमा कोरोना देखिएको थियो । सँगै बाग्लुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका २ जना र नवलपारसीका ३ जनामा पनि कोरोना पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८६८ पुगेको छ ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

पो पनि पढ्नुहोस्ः
पोखराका ३ जना सहित गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण

कमेन्ट गर्नुहोस्
Share: