
पोखरा । पोखरामा जारी निषेधाज्ञा पुनः ५ दिन लम्ब्याउन सिफारिस गर्ने निर्णय भएको छ ।
पोखरा महानगर कोरोना रोकथाम मूल समितिको बिहान सम्पन्न बैठकले निषेधाज्ञाको समय ५ दिन थप्ने निर्णय गरेको महानगरपालिका श्रोतले जनाएको छ ।
समितिकी संयोजक समेत रहेकी महानगरकी उपप्रमुख मन्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
संक्रमणको जोखिम कायमै रहेको र जारी निषेधाज्ञा प्रभावकारी भएको ठहर गर्दै समितिले निषेधाज्ञाको समय थप गर्नका लागि जिल्ला विपद व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
अब प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला समितिले यससम्बन्धमा निर्णय गर्नेछ ।
भदौ ३ गते मध्यरातिदेखि ५ दिनका लागि जारी गरिएको निषेधाज्ञा आज ७ गते मध्यरातिबाट सकिँदैछ ।
