नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ५ जिल्लाका तीन महिला र ५ पुरुष गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँकी ४८ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीया महिला तथा रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय ३ पुरुषको मृत्यु भएको हो ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ भने १८ हजार ८०६ जना निको भएका छन् ।

हाल १३ हजार ७ सय १५ सक्रिय संक्रमित छन् ।

यस्तै ९ हजार १५४ जना संस्थागत आइसोलेनमा छन्। हाल ४ हजार ५६१ होम आइसेलनमा छन्। देशभर १३८ जना संक्रमित आइसियूमा छन् भने १५ जना भेन्टिलेटरमा छन्।

२४ घण्टायता १० हजार २ सय ३४ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: