
काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको मंगलबार बिहान सम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या २ करोड ३५ लाख ६१ हजार ४ सय ७८ पुगेको हो ।
यस्तै संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८ लाख ११ हजार २ सय ९८ पुगेको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५७ लाख ३७ हजार ३ सय ९८ पुगेको छ। त्यहाँ १ लाख ७७ हजार २ सय १५ जनाको संक्रमणबाट मृत्यु भएको छ।
त्यस्तै, ब्राजिलमा संक्रमित संख्या ३६ लाख २२ हजार ८ सय ६१ पुगेको छ भने १ लाख १५ हजार ३ सय ९ जनाको मृत्यु भइसकेको छ ।
भारतमा संक्रमित संख्या ३१ लाख ६ हजार ३ सय ४८ पुगेको छ भने ५७ हजार ५ सय ४२ को मृत्यु भएको छ । रुसमा संक्रमित संख्या ९ लाख ५९ हजार १६ पुगेको छ भने ६० हजार ४ सय ८० जनाको मृत्यु भएको छ।
