
पोखरा । पोखरामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान पोखरा महानगरका ५ वटा वडाका ३ पुरुष र ४ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पोखरा महानगरपालिका–४ का २७/२७ वर्षीय २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । निर्देशनालयका अनुसार उनीहरु दुुवै जना सुरक्षाकर्मी हुन् ।
यस्तै पोखरा– ५ की ९ वर्षीया बालिका तथा ३२ वर्षीया महिला, पोखरा– ७ का २५ वर्षिय पुरुष, पोखरा– १० की ४० वर्षीया महिला र पोखरा– १४ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी तनहुको भानु नगरपालिका–१ का ४६ र ६३ वर्षका २ पुरुष तथा १७, २५, ४५ र ५२ वर्षका ४ महिलामा कोरोना पुष्टि भएको निर्देशानालायले जनाएको छ ।
संक्रमितहरुलाई अहिले आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले बताएको छ ।
यसअघि आजै पोखराका ४ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जानकारी दिएको थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ८ पुगेको छ । प्रदेशमा हाल १ हजार ६ सय ३९ जना संक्रमण मुक्त भएका छन् । गण्डकीमा कोरोनाबाट मृत्यु संख्या ८ रहेको छ ।

