कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित कोरोना मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जिल्लाका एक महिला सहित ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौँकी ७१ वर्षीया एक महिलासहित ७४ र ६६ वर्षीय दुई पुरुषको मृत्यु भएको हो।

यस्तै सिरहाका २२ वर्षीय, पर्साका ६८ वर्षीय, धनुषाका ७६ वर्षीय, र रुपन्देहीका ५३ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ । मन्त्रालयका अनुसार ५७ प्रतिशत डिस्चार्ज भएका हुन् ।

विगत २४ घण्टायता ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म ६ लाख २१ हजार ९ सय १ जनाको परीक्षण भएको छ।

हाल आइसोलेनमा १४ हजार २ सय ५० छन् । जसमध्य होम आइसोलेनमा ५ हजार ६ सय ६९ जना र संस्थागत आइसोलेनमा ८ हजार ५ सय ८१ जना छन् । हाल १० हजार ४ सय ५३ जना क्वारेन्टीनमा छन्।

कमेन्ट गर्नुहोस्
Share: