पोखरामा सडक छेउमा एक पुरुष मृत अवस्थामा फेला

Share:

पोखरा । पोखराको वाईचोकमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार बिहान पोखरा महानगरपालिका–७ वाईचोक स्थित सडकको छेउमा अन्दाजी ४५।५० वर्षको पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक व्यक्तिको हालसम्म नाम, थर, वतन नखुलेको र थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: