
काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ।
काठमाडौँ, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो ।
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर बढ्दो अवस्थामा रहेकाले १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
