पोखराका १ सहित गण्डकीका थप ६ जनामा कोरोना पुष्टि

Share:

पोखरा । बुधबार दिउँसो पनि पोखराका थप १ जनासहित गण्डकीका ६जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले चौथो चरणमा बुधबार दिउँसो सार्वजनिक गरेको विज्ञप्ति अनुसार कास्कीसहित गण्डकीका ४ जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार दिउँसो कास्कीको पोखरा– १७ का २८ वर्षीय पुरुषसहित बागलुङ–३ की २३ वर्षीया महिला, गोरखा– ९ का २२ र ३५ वर्षका २ पुरुष तथा नवलपुर गैँडाकोट– ४ की ५२ वर्षीया महिला र देवचुली–१० की २४ वर्षीया महिलामा कोरोना देखिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ५२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: