
काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ करोड ४० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको बिहीबार बिहानसम्मको तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या २ करोड ४० लाख २८ हजार ५ सय ५७ पुगेको हो।
हालसम्म १ करोड ५६ लाख ६९ हजार ९९ जना उपचार पछि निको भएका छन्। यस्तै कोरोना संक्रमणबाट विश्वमा ८ लाख २२ हजार ४ सय ३ जनाको मृत्यु भइसकेको छ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५८ लाख १७ हजार ५ सय ३८ पुगेको छ । त्यहाँ १ लाख ७९ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ।
यस्तै, ब्राजिलमा संक्रमितको संख्या ३६ लाख ६९ हजार ९ सय ९५ पुगेको छ भने १ लाख १६ हजार ५ सय ८० को मृत्यु भएको छ ।
भारतमा संक्रमितको संख्या ३२ लाख ३४ हजार ४ सय ७४ पुगेको छ भने ५९ हजार ४ सय ४९ को मृत्यु भएको छ ।
रुसमा संक्रमितको संख्या ९ लाख ६८ हजार २ सय ९७ पुगेको छ भने त्यहाँ १६ हजार ६ सय ३८ मृत्यु मृत्यु भएको छ ।
यसैगरी दक्षिण अफ्रिकामा संक्रमितको संख्या ६ लाख १५ हजार ७ सय १ पुगेको छ भने त्यहाँ १३ हजार ५ सय २ को मृत्यु भएको छ ।
