
काठमाडौँ । नेपालमा एकै दिन १ हजार १११ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३३४ महिला र ७७७ पुरुष गरी १ हजार १११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज सबै भन्दा धेरै काठमाडौँमा २७० जना संक्रमित थपिएका छन् ।
यस्तै पर्साका ८५ जना, बाँकेका ७५ जना, रुपन्देहीका ७२ जना, ललितपुरका ६६ जना, मकावनपुरका ६३ जना, चितवनका ४५ जना, भक्तपुरका ४१ जना, धनुषाका ३९ जना, सुनसरीका ३८ जना, बाराका ३० जना, सप्तरीका २२ जना र कपिलवस्तुका २१ जनामा पनि कोरोना भाइरस देखिएको छ ।
मोरङ र कैलालीका २०/२० जना, नवलपरासीका १८ जना, बैतडी र नवलपुरका १७/१७ जना, रौतहटका १५ जना, काभ्रेका १३ जना, दैलेखका १२ जना, तनहुँका ११ जना, सुर्खेतका ९ जना, बाग्लुङका ८ जना, महोत्तरी, सिराहा र नुवाकोटका ७/७ जना, सर्लाही, रामेछाप, कञ्चनपुर र डोटीका ६/६ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी सिन्धुली र जाजरकोटका ५,५ जना, संखुवासभा र प्युठानका ४,४ जना, लम्जुङ, सिन्धुपाल्चोक र गुल्मीका ३,३ जना, दोलखा, कास्की र दाङका २,२ जना तथा खोटाङ, धादिङ, गोरखा, पर्वत, बर्दिया र बझाङका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो सहित निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६२९ नमुना परीक्षण भएको छ ।
यस्तै १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
