पोखरा महोत्सवको प्रति टिकटबाट एक रुपैया सेती संरक्षणका लागि छुट्टाईने

Share:

पोखरा, २३ पुस | पाँंचौ संस्करणको पोखरा महोत्सवको प्रत्येक टिकटबाट एक रुपैया सेती नदी संरक्षणको लागि छुट्याईने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन पर्वद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माणको अवधारणा बकेर हिँडेको युनाईटेड क्लव पोखराले यसवर्षको महोत्सवदेखि प्रत्येक टिकटबाट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्टाउने निर्णय भएको क्लवका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।

Pokhara-Mahosav-Add

युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा चिडियाखाना निर्माणका लागी ४ वर्षको अवधिमा विभिन्न कामहरु गर्दै आएको र चिडियाखानाका लागि मात्र हालसम्म ९ लाख ५० हजार रकम संकलन भइसकेको जनाएको छ । र, आगामी दिनमा सेती खोँचलाई समेत पर्यटकिय गन्तब्य बनाउनका लागि यो महोत्सवबाट प्रत्येक टिकटबाट एक रुपैया छुट्याउने निर्णय भएको क्लबले जनाएको छ ।

सेती नदी दिन प्रतिदिन अतिक्रमण र फोहोरमैलाबाट ग्रस्त बन्दै गइरहेको र त्यसको संरक्षण गरी आगामी दिनमा सेती खोचको संरक्षण गरी त्यसलाई पनि पर्यटकिय गन्तब्य निर्माण गर्ने विभिन्न भौगर्भिक बिदहरु संगको छलफलपछि क्लबले यस्तो सक्रियता देखाएको हो । सेती खोँच खतरा संगै सम्भावना बोकेको ठांउ भएकाले क्लवको पहलमा वडा नम्बर १० बाट सेती संरक्षण अभियान सुरु गरिने समेत क्लवले जनाएको छ ।

यसैबीच पांँचौ पोखरा महोत्सवलाई सफल पार्नका लागि पोखरा उपमहानगरपालिका भित्र रहेका विभिन्न टोलविकास संस्थाहरुले सहयोग गर्ने भएका छन । मंगलवार सम्पन्न भेलाले पोखरा महोत्सवलाई सफल पार्नका लागी पोखरा उपमहानगर पालिका भित्र रहेका १८ वटै वडामा रहेका विभिन्न टोल बिकास संस्थाले सहयोग गर्ने भएका हुन ।

टोलविकास समन्वय समिती वडा नम्बर १० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । पांचौ पोखरा महोत्सव आगामी पुस ३० देखि माघ ८ गते सम्म अमरसिंह चौरमा हुदैछ ।

कमेन्ट गर्नुहोस्
Share: