
पोखरामा आज पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका १६ का ५२ वर्षीय पुरुषको दिउँसो सवा १२ बजे मृत्यु भएको हो ।
उनमा कोभिडसँगै उच्च रक्तचाप र मधुमेहको समस्या थियो । योसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि बिहीबारमात्रै पोखरा १२ बस्ने ३२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो । यस अघि कोरोना संक्रमित पोखरा – १६ कै ८७ वर्षीय बृद्ध र पोखरा १९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
पोखरामा कोरोना संक्रमितको संख्या २ सय ८४ पुगेको छ। तीमध्ये १ सय ७४ संक्रमित निको भएका छन्।गण्डकी प्रदेशभर संक्रमितको संख्या २ हजार २५ पुगेको छ। संक्रमितमध्ये १६ सय ७२ जना निको भएका छन् भने ९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीका ४, स्याङ्जाका २, म्याग्दी, गोरखा, बागलुङ र तनहुँका १-१ जना छन्।

