यस्तो छ आजको मौसम पूर्वानुमान !

Share:

पोखरा । देशभर शनिबारको मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यस्तै राति पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: