
नवलपुर । नवलपरासी पूर्वका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणका क्रममा शनिबार बिहान नवलपुरका २१ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार नवलपरासी पूर्वको बिनयत्रिवेणी– ६ का २१, ३१, ३४, ४६, ५२, ५५ र ५७ वर्षका ७ पुरुष तथा २७, ३७, ४४, ५३ र ६४ वर्षका ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बिनयत्रिवेणी– ७ का २१ र २५ वर्षका दुई महिला तथा ७, २१, ४३, ४४, ४८ र ५४ वर्षका ६ पुरुषमा पनि कोरोना देखिएको छ ।
यसैगरी गैँडाकोट–८ का २५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

