कोरोना संक्रमणबाट गण्डकीमा थप एकको मृत्यु

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा गोरखाको गोरखा नगरपालिका १३ मजुवा स्थायी घर भएका ३८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको भरतपुर अस्पतालमा आइसियुमा उपचार भइरहेकोमा हिजो दिउँसो २ः३० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: