
पोखरा । आइतबार देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, आइतबार प्रदेश १ को केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
हाल बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव र भारतमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण नेपालमा वर्षाको सम्भावना भएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
