
काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १० जिल्लाका ४ जना महिला र १० पुरुष गरी १४ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मृत्यु हुने महिलाहरुमा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाडौँकी ७२ वर्षीया गरी ४ जना छन् ।
यस्तै पुरुषहरुमा सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षका दुई जना, रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय गरी १० जना छन् ।
२४ घण्टाको अवधिमा मृत्यु हुनेको यो संख्या हालसम्मकै बढी हो।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।
