पोखरामा पार्किङमा राखिएका ट्रकको व्याट्री चोर्ने गिरोह पक्राउ

Share:

पोखरा । पोखरामा पार्किङ गरी राखेका ट्रकको ब्याट्री चोरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पोखरा– १४ खसीबजार स्थित पार्किङ गरी राखिएका ४ वटा ट्रकहरुको ५ थान ब्याट्री चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले ५ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार नेपालगंज उपमहानगरपालिका– ८ घर भइ पोखरा– १४ हेवलीमार्ग बस्ने कमल पुन, दाङ नारायणपुर– १० घरभई पोखरा १४ हेवलीमार्ग बस्ने १९ वर्षीय विनोद भनिने अजय चौधरी, धादिङ सिद्धलेख गाउँपालिका– ३ सारंघाट घर भइ हाल पोखरा १४ काजिपोखरी बस्ने वर्ष २५ का पूर्ण बहादुर माझी र भारतको बिहार घर भइ हाल पोखरा १० बिरेन्द्रचोक बस्ने कवाडीका साहु वर्ष ४२ का दिनेश शाह र विनोद प्रसाद जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरु बिरुद्ध चोरी कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको हमालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: