नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु पुष्टि

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना मिडिया ब्रिफिङका क्रममा सोमबार मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ७ जिल्लाका ७ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएका हुन् ।

मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिकासहित गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया गरी ३ जना महिला छन् ।

यसैगरी झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय, भक्तपुरका ७७ वर्षीय गरी ४ जना पुरुषको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: