सिन्धुलीका युवक पोखरामा मृत भेटिए

Share:

पोखरा । पोखरामा सोमबार एक युवक मृत अवस्थामा भेटिएका छन् ।

सिन्धुली दुधौली गाउँपालिका हाडीखोला घर भई हाल पोखरा १८ भकुण्डेमा मजदुरी गरि बस्ने बर्ष २५ को गुन्ज बहादुर सार्की मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बिहान करिब ६ बजे पोखरा महानगर–१८ सेदि बगर स्थित स्टाफ खाजा घरको बरण्डामा उनी मृत भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: