पोखरामा एक पर्यटन व्यवसायीसहित गण्डकीमा थप ३९ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरामा एक पर्यटन व्यवसायीसहित गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान विज्ञप्ति जारी गरी कास्कीका दुई जना सहित लमजुङका २६, लवलपुरका १० र बाग्लुङका १ जना गरी ३९ जनामा कोरोना देखिएको हो ।

बिहान कास्कीको पोखरा– ६ की ४५ वर्षीया महिला र पोखरा– १३ का २४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । निर्देशनालयका अनुसार पोखरा– ६ की संक्रमित महिला नेपाल पर्यटन बोर्ड पोखराकी पदाधिकारी हुन् । उनी चरक मेमोरियल अस्पतालमा उपचाररत थिइन् ।

यस्तै लमजुङमा जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनको नाबालक सहित २८ वर्षीया महिला, २२, २६ र ५५ वर्षका ३ पुरुष गरी ५ जना, सोही अस्पतालका कर्मचारी ५३ वर्षीय पुरुष, ग्लोबल आइयमई बैंकका २५,२६, २८, ३० र ३५ वर्षका ५ पुरुष, नेपाल प्रहरीमा कार्यरत २२, २३ र ३७ वर्षीय ३ पुरुष तथा २२ वर्षीया महिलामा कोरोना देखिएको छ ।

यसैगरी लमजुङ बेशीसहर–७ की २८ वर्षीया एक महिला पत्रकार सहित ३० वर्षका दुई महिला, २६, ३८, ४३, ४५ र ५१ वर्षका ८ महिला तथा बेशीसहर–३ का १६, ३० र ३७ बर्षका ३ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुर विनयत्रिबेणी–१ का ११ वर्षीया बालिका र २६ वर्षीय पुरुष, देवचुली–१३ का २९ वर्षीय पुरुष तथा १४ वर्षीया बालिका र ५० वर्षीया महिला, देवचुली–१६ का ६ वर्षीया बालिका सहित २७ र ५५ वर्षका ३ महिला, देवचुली–१ का ५३ वर्षीय पुरुष र २४ वर्षीया महिला तथा बाग्लुङको बाग्लुङ– १० का २५ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार ५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: