
पोखरा । पोखरामा २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ गरेका छन् ।
भदौ १२ गते राति ८ः३० बजे डर र धाकधम्की देखाई महिलालाई जवरजस्ती करणी गर्ने पोखरा– १० अन्नपुर्ण टोलका ५५ वर्षीय हरी बहादुर गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिएका छन् ।
डिएसपी हमालका अनुसार भूपू भारतीय सैनिक समेत रहेका गुरुङलाई जवरजस्ती करणी गरेको आरोपमा भदौ १५ गते पक्राउ गरिएको हो ।
गुरुङलाई जवरजस्ती करणी मुद्धामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी हमालले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
