फ्रान्समा फेरि बन्दुकधारीको आक्रमण, महिला प्रहरी मारिइन्

Share:

काठमाडौं, पौष २४ । फ्रान्समा विहीबार पनि अज्ञात बन्दुकधारीले आक्रमण गरेका छन् । राजधानी पेरिसको दक्षिणी क्षेत्र मोन्ट्रोगमा प्रहरीलाई लक्षित गरी गरिएको आक्रमणमा एकजना महिला प्रहरी मारिएकी छन् ।

आक्रमणबाट अर्को एक व्यक्ति गम्भीर घाइते भएका छन् । आक्रमणलगत्तै आक्रमणकारी भागेको बताइएको छ । यसअघि लियोन सहरस्थित एक मस्जिद नजिकै विस्फोट गराइएको थियो । विष्फोटमा दुईजना प्रहरी घाइते भएका छन् । आक्रमणलगत्तै आक्रमणकारी मेट्रो रेल चढेर भागेको बताइएको छ ।

‘चार्ली हेब्डो’ पत्रिकाको कार्यात्रलयमा बुधबार गरिएको आक्रमण र आजका आक्रमणबीच सम्बन्ध रहे/नरहेकोबारे स्पष्ट नभएको बीबीसीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: