
पोखरा । पोखराका १६ जना सहित शुक्रबार बिहान गण्डकी प्रदेशमा ४० कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान कास्कीको पोखरा महानगरका १६ जना सहित प्रदेशका तनहुँ, स्याङजा, बागलुङ, लमजुङ र नवलपुर जिल्लामा गरी ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो ।
निर्देशनालयका अनुसार पोखरा महानगरका ७ वटा वडाका एक महिला सहित १६ जनामा कोरोना देखिएको छ । आज बिहान पोखरा महानगर– १२ का २८ वर्षीया महिलामा कोरोना देखिएको हो । यस्तै संक्रमित हुने पुरुषहरुमा पोखरा महानगर– १० का २३, २४ र २६ का तीन जना, २७ का १८ र ४७ वर्षीय दुई जना, १४ का २५ वर्षीय, ५ का ५० वर्षीय र ३० का २८ वर्षीय रहेका छन् ।
यसैगरी पोखरा महानगर– १५ मा २६, ३१, २८, २९ र २६, २९ र २७ वर्षका ७ जना नेपाल प्रहरीमा कार्यरत पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।
आजै तनहुँको भानुकी ५५ वर्षीया महिला र म्याग्देकी २६ वर्षीया महिला, स्याङजा कालिगण्डकीका २८ वर्षीय पुरुष, बागलुङ ताराखोलाका ४२ वर्षीय पुरुष, लमजुङ मध्येनेपाल का ३९ वर्षीय पुरुष, राइनासका ३१ वर्षीया महिला र ५५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै नवलपुरमा आज बिहान १७ जना संक्रमित थपिएका छन् ।
संक्रमित हुनेमा देवचुली– ७ का ३५ वर्षीय पुरुष र गैंडाकोट– १ का १८ वर्षीया महिला तथा २६,२६ र ५२ वर्षका तीन पुरुष, ५ का २८ र ५९ वर्षीया दुई महिला तथा २५, २९ र ५७ वर्षीय तीन पुरुष, ४ का २० वर्षीया महिला तथा ४२ वर्षीय पुरुष र २ का ४५ वर्षीया महिला तथा ३५, ३६, ४० र ४८ वर्षका ४ पुरुष रहेका छन् ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

