
पोखरा । माननीय गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेललाई नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख शेरचनले पोखरेललाई प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिस अनुसार नेपालको संविधानको १९५ को उपधारा (१) बमोजिम शुक्रबार नियुक्त गरेका हुन् ।
कास्कीको पोखरा–२१, निर्मलपोखरीमा जन्मिएका नवनियुक्त प्रदेशसभा सचिव पोखरेल हाल पोखरा–१७, जागृतिटोल बस्दै आएका छन् ।
नवनियुक्त सचिव पोखरेलले शुक्रबार नै प्रदेश प्रमुख शेरचनबाट नियुक्तिपत्र समेत बुझेका छन् ।
कमेन्ट गर्नुहोस्
