
काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।
स्वस्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएका हुन् ।
मृत्यु हुने महिलाहरुमा मोरङकी ४३ वर्षीया, मकावनपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया गरी ३ जना रहेका छन् ।
यसैगरी मृत्यु हुने पुरुषहरुमा पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौँका ४१, ५९ र ६५ वर्षका ३ जना तथा रुपन्देहीका ४० वर्षीय गरी ६ जना रहेका छन् ।
यससँगै नेपामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।
हाल १७ हजार ८७० जना संक्रिय संक्रमित छन् । हाल संस्थागत आइसोलेसनमा ९ हजार ८६६ जना छन् भने होम आइसोलेसनमा ८ हजार ४ जना छन्। हाल ६ हजार ५६१ जना क्वारेन्टीनमा छन्।
पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार ९६३ जना परीक्षण भएको छ।
