पोखराको वेगनास तालमा तैरिरहेको अवस्थामा एक युवक मृत फेला

Share:

पोखरा । पोखराको वेगनास तालमा तैरिरहेको अवस्थामा एक युवक मृत फेला परेका छन् ।

चितवन कल्याणपुर घर भई पोखरा ३० शिशुवा बस्दै आएका अन्दाजी ३१ वर्षीय बिनोद राना मगरको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

शक्रबार बिहान १० बजे पौडी खेल्न भनेर गएका मगर घर नफर्किएपछि खोजतलाश गर्ने क्रममा तालमा शनिबार ११ः३० बजे मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: