
पुस २५ गते-
वैद्य माओवादीले आह्वान गरेको यातायात बन्दका कारण आज बिहानैदेखि पूर्वाञ्चलका विभिन्न जिल्लाको जनजिवन प्रभावित बनेको छ ।
वर्तमान सरकार विगठन गरी राष्ट्रिय सरकार गठन, संविधानसभा भंग, पहिचानसहितको संघीयता जारी हुनुपर्ने लगायतका माग राखेर पूर्वाञ्चन बन्द गरेको केन्द्रीय सदस्य हर्क नेम्वाङ्गले जानकारी दिएका छन् । सार्वजनिक सवारी नचल्दा लामो यात्रामा निस्किएका यात्रु मारमा परेका छन् । आफ्ना माग पूरा गर्न दबाब दिने उद्देश्यका साथ बन्द आह्वान गरिएको नेम्बाङले जानकारी दिए ।
बन्दका कारण लामो तथा ग्रामिण भेगमा चल्ने छोटो दूरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।
कमेन्ट गर्नुहोस्
