
पोखरा । गण्डकीमा एकैपटक ६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान बिज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
बिज्ञप्ति अनुसार कास्कीका २० जना सहित गण्डकी प्रदेश अन्तर्गतका लमजुङका २ जना, बाग्लुङका ३ जना, स्याङ्जाका २२ जना, तनहुँका ७ जना र नवलपुरका १३ जना गरी ६ जिल्लाका ६७ जनामा कोरोना देखिएको हो । यो संख्या गण्डकीमा एकैपटक पुष्टि भएको पहिलो पटक हो ।
निर्देशनालयका अनुसार कास्कीको पोखरामा पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थकर्मी (स्टाफनर्स) २० र २३ वर्षका दुई महिलासहित २० जनामा कोरोना पुष्टि भएको छ ।
अन्य संक्रमित हुनेहरुमा पोखरा–१० का ४२ वर्षीय पुरुष, ४ का ३५ वर्षीय पुरुष, २७ का ४२ र ३६ वर्षका दुई पुरुष, ७ का २५ र ५२ वर्षका दुई पुरुष, ८ का ३६ र ३८ वर्षका दुई महिला तथा २७, ११ र ४१ वर्षका ३ पुरुष, ३ का ४२ र २८ वर्षका दुई पुरुष, १० का २५ र ५३ वर्षका दुई महिला तथा २७, ३१ र ५२ वर्षका ३ पुरुष रहेका छन् ।
यस्तै लम्जुङको रिलायन्स फाइनान्समा कार्यरत कर्मचारीहरु बेशीसहर–११ का २९ वर्षीय पुरुष, २ का ३१ वर्षीया महिलामा कोरोना देखिएको छ ।
बाग्लुङको काठेखोला–६ का ४६ वर्षीया महिला र २१ वर्षीय पुरुष तथा १ का २७ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार–१३ का ४६ र ४७ वर्षका दुई पुरुष, १ का २४, ३०, ३४, ३५, ५५ र ७६ वर्षका ६ पुरुष, ३ का ४४, ४७, ५० र ५२ वर्षका ४ पुरुष, १४ का ४४, ३९, ३६, ३५, ३०, ३८, ५७ र ४६ वर्षका ८ पुरुष तथा वडा नखुलेको ४५ वर्षीया महिला र ३५ वर्षीय पुरुष, तनहुँको बन्दिपुर– ५ का ५० वर्षीय पुरुष, भानु–१३ का ३७ वर्षीय पुरुष र २३ वर्षीया महिला, व्यास–२ का ४२ वर्षीया महिला, शुक्लागण्डकी–८ का २४ वर्षीय पुरुष, ३ का ७६ वर्षीय पुरुष, ११ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी नवलपुरको मध्यविन्दु–७ का ५२ वर्षीया महिला, १० का ४५ वर्षीया महिला तथा २२, १७, १३, ४४ र ३९ वर्षका ५ पुरुष, १५ का ४० वर्षीय पुरुष, ८ का ३८ वर्षीय पुरुष, १६ का १२ वर्षीय बालक, कावासोती–९ का २२ वर्षीया महिला, २ का ३२ वर्षीया महिला र बुलिंगटार–१८ का ३८ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २५ सय १४ पुगेको छ ।


