धेरै कोरोना संक्रमित हुने देशको सूचीमा भारत दोस्रो, एकैदिन ९१ हजार बढी थपिए

Share:

काठमाडौँ । कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारत दोस्रो स्थानमा आइपुगेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । हाल ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित छन् ।

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । सोमबार ९१ हजार ७२३ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३२ लाख ४७ हजार २९७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ५७८ जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १००८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१ हजार ६८७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: