नेकपा स्थायी कमिटी बैठक २६ मा बस्ने

Share:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक यही भदौ २६ गते बस्ने भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए ।

पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो भने त्यसलाई प्रस्तावका रुपमा स्थायी कमिटीको बैठकमा पेश गर्न लागिएको हो ।

स्थायी कमिटीको पूर्वनिर्धारित बैठक १३ साउनमा स्थगित भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: