नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु पुष्टि

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुने महिलाहरुमा काठमाडौँका ३७, ९० र ८३ वर्षका ३ जना तथा कास्कीमा ६३ वर्षीया रहेका छन् ।

यस्तै मृत्यु हुने पुरुषहरुमा मोरङका ७६ वर्षीय, सिरहाका ७८ र ६२ वर्षीय, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेका ५९ वर्षीय रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय पुगेको छ। नेपालमा हाल कुल मृत्युदर ०.६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हाल १६ हजार २५९ जना सक्रिय संक्रमित छन् भने ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। हाल ७ हजार १९० जना होम आइसोलेसनमा छन्। गत २४ घण्टामा ९ हजार २१८ परिक्षण भएको छ। हालसम्म ७ लाख ७७ हजार ५६३ परिक्षण भएको छ ।

हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्। हाल १७१ जना आइसियू र भेन्टिलेटरमा छन्।

कमेन्ट गर्नुहोस्
Share: