
पोखरा । कास्कीमा पहिरोले घर बगाउँदा एक युवतीको मृत्यु भएको छ ।
रुपा गाउँपालिका बराह्चोक–६ का काजीबहादुर विकको घर पछाडिबाट घसेको पहिरोले घर बगाउँदा उनकी २० वर्षीया छोरी सिर्जना विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिब साढे ४ बजे आएको पहिरोमा युवती पुरिएकी थिइन् । प्रहरी र स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा बिहान ६ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनको शवलाई पोस्टमार्टमको लागि पोखरा ल्याइँदै गरेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
