देशभर आजको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । अहिले देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बागमाती प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

आज शनिबार दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै गण्डकी प्रदेश, प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

शानिबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम पानी पर्नेछ । राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दामाथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। यस्तै पश्चिम बंगाल नजिक न्यून चापीय क्षेत्रको पनि विकास भएको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: