विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख नाघ्यो, ९ लाख १३ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८३ लाख १६ हजार ५६६ पुगेको हो ।

यस्तै कोरोनाबाट एकै दिन थप ५ हजार ९८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १३ हजार २८४ पुगेको छ ।

२४ घण्टामा २ लाख ३६ हजार ६८३ कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३ लाख २८ हजार ४२८ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।

कमेन्ट गर्नुहोस्
Share: