
रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाँङ ऐपेमा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ।
स्थानीय ज्ञानसिंह घर्तीमगरका ११ वर्षका छोरा युवराज घर्ती र ८ वर्षका छोरा अमर घर्तीको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
हजुरबुवा, हजुरआमा र आमासहित पाँच जना सुतेकामध्ये ३ जनाको अवस्था सामान्य रहेको जनाइएको छ । मृतकका बुवा भने रोजगारीको शिलशिलामा भारतमा छन्।
कमेन्ट गर्नुहोस्
