गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुग्यो

Share:

नवलपुर । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका मध्यबिन्दु–१२ का ६० वर्षीय पुरुषको मृत्यु भएसँगै प्रदेशमा मृतक संख्या २८ पुगेको हो ।

लुम्बिनी अस्पताल, रुपन्देहीमा निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचार गराइरहेकामा ती पुरुषमा कोरोना पुष्टि भएको र भदौ २६ गते दिउँसो ४ः३० बजे मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: