
बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिका १, कुश्मिशेरास्थित टुनीबोटमा पहिरो खस्दा पाँचवटा घर पुरिएको छ भने एकजना बेपत्ता भएका छन् ।
घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका छन् । परिवारका अन्य पाँच सदस्य सकुशल रहेको प्रहरीले जनाएको छ ।
पहिरोले रत्नबहादुर क्षेत्री, पवित्रादेवी शर्मा, इन्द्र शर्मा र तारादेवी क्षेत्रीको घरमा पूर्ण रूपमा क्षति पु¥याएको छ । अहिले स्थानीयवासीसहित नेपाली सेना र प्रहरी उद्धार कार्यमा खटिएका छन् ।
कमेन्ट गर्नुहोस्
