
चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।
सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो। पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ।
अहिले पानी परिरहेकाले पहिरो पन्छाउने काम सुरू गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
यस्तै सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
