बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

Share:

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा राम्चे केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

सिन्धुपाल्चोक तथा काठमाण्डौ उपत्यका सहित आसपासका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

यो २०७२ सालकै भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: