
पोखरा । कास्कीको पोखरा महानगरका ४ जनासहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान विज्ञप्ति जारी गरी गण्डकीका कास्की सहित गोरखा, बाग्लुङ, तनहुँ र नवलपरासी गरी ४ जिल्लाको २३ जनामा कोरोना देखिएको जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार पोखरा महानगर २० की २३ वर्षीया महिला, पोखरा ९ का ३५ वर्षीय पुरुष, पोखरा १५ का २९ वर्षीय पुरुष तथा पोखरा १० की २० वर्षीया महिलामा कोरोना देखिएको हो ।
त्यस्तै गोरखा अजिरकोट ३ का ३० वर्षीया महिला र वारपाक ३ का ५४ वर्षीय पुरुष, बागलुङ तमानखोला २ का २३ वर्षीय पुरुष, बागलुङ ६, १० र १३ का ३७, १९ र ५९ वर्षका पुरुष, तनहुँ आबुखैरेनी ३ की ३९ वर्षीया महिला एवं नवलपुर देबचुली ३ का ३६ वर्षीय पुरुष, ८ का २९ वर्षीय पुरुष, गैंडाकोट १० का ४१ वर्षीया महिला तथा ५० वर्षीय पुरुष, ८ का ५० वर्षीया महिला, १३ का ४२ वर्षीया महिला, ४ का ८७ वर्षीय पुरुष, १ का २४ वर्षीया महिला, २ का ३२ वर्षीय पुरुष, मध्यबिन्दु ८ का ४२ वर्षीया महिला तथा ८६ वर्षीय पुरुष र कावासोती ३ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १ पुगेको छ ।

