सुनको मूल्य चार सयले बढ्यो

Share:

पोखरा । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला ९६ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी तोलाको एक हजार ३३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार एक हजार ३२० मा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: