नेपालमा एकैदिन २ हजार २० जनामा कोरोना पुष्टि, संक्रमित संख्या ६१ हजार नाघ्यो

Share:

पोखरा । नेपालमा एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६३९ महिला र १३ सय ८१ पुरुष गरी २ हजार २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । नेपालमा  एकैदिन संक्रमण पुष्टि भएको यो संख्या हालसम्म कै उच्च हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ६९८ जना संक्रमित थपिएका छन् ।

यस्तै चितवनका १९१ जना, मोरङका ११८ जना, सुर्खेतमा ११७ जना, कास्की र रुपन्देहीका ८६/८६ जना, भक्तपुरका ८२ जना, ललितपुरका ७९ जना, बाराका ७८ जना, सुनसरीका ५८ जना, सप्तरीका ४५ जना, नवलपरासीका ४१ जना, नवलपुरका ३९ जना, मकावनपुरका ३० जना, दाङका २४ जना, रुकुमपश्चिमका २३ जना, सिराहाका १९ जना, बर्दियाका १८ जना, पर्सा र कैलालीका १७ जना, अछामका १६ जना, धादिङका १४ जना, गोरखाका १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

धनुषा, अर्घाखाँची र रोल्पाका ९/९ जना, कञ्चनपुरका ७ जना, झापा, रौतहट, काभ्रे, नुवाकोट, रामेछाप, लमजुङ, कपिलवस्तु र गुल्मीका ६/६ जना, तनहुँका ५ जना, सिन्धुपाल्चोक, पाल्पा र बाजुराका ३/३ जना, उदयपुर, भोजपुर, सर्लाही, बाँके र बैतडीका २/२ जना, ओखलढुङ्गा, दोलखा, प्युठान, दैलेख, डोटी र बझाङका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

यसैगरी गत २४ घण्टामा ८७१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । यो संक्रमितको ७१.१ प्रतिशत हो ।

हाल नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको छ । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो ।

हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना छन् भने होम आइसोलेसनमा ८ हजार ८८ जना छन् । आईसीयुमा १७३ जना र भेन्टिलेटरमा ३६ जना उपचाररत छन् । हाल ७ हजार ७३६ जना क्वारेन्टीनमा छन्।

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौं, भक्तपुर, चितवन, मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मुस्ताङ, सोलुखुम्बु, डोल्पा, हुम्ला, मुगु र रसुवा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ४५८ परिक्षण भएको छ भने हालसम्म ८ लाख ९४ हजार ३७३ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: