
नवलपुर । नवलपुर मध्यबिन्दु नगरपालिका–१५ र १२ को सिमानामा नारायणी खोलाले बगाएर बाबुछोरी बेपत्ता भएका छन् ।
शुक्रबार दिउँसो करिब २ बजे खोलाले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा मध्यबिन्दु नगरपालिका–१५ तल्लो भ्युरान का ४५ वर्षीय भुपलाल क्षेत्री र उनकी १४ वर्षीया छोरी सुजिता क्षेत्रीलाई खोलाले बगाएको हो । भुपलाल क्षेत्रीकी पत्नी ४३ वर्षीया सानी क्षेत्रीलाई भने स्थानीयले उद्धार गरेका छन् ।
बेपत्ता बाबुछोरीको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
