मनसुन सक्रिय: लमजुङमा ५ घण्टादेखि अति भारी वर्षा, सतर्क रहन आह्वान

Share:

पोखरा । मनसुनी प्रणाली सक्रिय भएका कारण अहिले देशभर सामान्यतया बदली रही गण्डकी र प्रदेश ५ मा मध्यम वर्षा भइरहेको छ । अरू प्रदेशका पनि केही स्थानमा सामान्य वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश अन्तर्गत लमजुङ जिल्लामा भने ५ घण्टादेखि अति भारी वर्षा मापन भएको जनाइएको छ । नेपाल बाढी सूचना केन्द्रले बिहान ६ बजे जारी गरेको सूचनाअनुसार लमजुङको बेसिशहर, खुदीबजार लगायतका धेरै स्थानमा निकै ठूलो वर्षा भएको छ । लमजुङ भएर बहने साना नदीहरुमा आकस्मिक बाढी आउनका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आह्वान गरेको छ ।

शनिबार दिउँसो पनि केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: