कांग्रेस महामन्त्री डा.कोइराला अस्पतालबाट डिस्चार्ज

Share:

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस संक्रमित कोइरालालाई ज्वरो बढेपछि मंगलबार राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो । चार दिन अस्पतालको आइसोलेसनमा बसेका कोइराला शनिबार अपरान्ह अस्पतालबाट डिस्चार्ज भएका हुन्।

महामन्त्री कोइरालालाई गत भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहबमोजिम केही दिन होम आइसोलेसनमा रहने उनले जनाएका छन्।

कोइरालाले आफ्नो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्ने सबैलाई तथा उपचारमा संलग्न डा. विश्वनाथ कोइरालाको टिमलाई धन्यवाद दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: