गण्डकीमा आजः पोखराका १३ जनासहित प्रदेशमा ६६ कोरोना संक्रमित थपिए, कुल संक्रमित ३ हजार ४०२ पुगे

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ४ सय २ पुगेको छ । आज (शनिबार) मात्रै कास्कीका १३ जना सहित गण्डकी प्रदेशमा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आज दुई पटक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।

निर्देशनालयले जारी गरेको पछिल्लो अध्यावधिक दोस्रो विज्ञप्ति अनुसार प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीको पोखरा महानगरका १३ जना सहित गण्डकीमा थप ५१ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा विश्वबिद्यालयमा कार्यरत चिकित्सक पोखरा–४ का ४१ बर्षीय पुरुष सहित १८ र ४० वर्षका पुरुष तथा ७१ वर्षीया महिला, पोखरा–७ का ४७ वर्षीय पुरुष, ८ का २८,२८ र ३५ वर्षका ३ पुरुष, ३० का २१ वर्षीय, १२ का ५४ र २४ वर्षीय २ पुरुष, २७ का २९ वर्षीय पुरुष तथा ६ का ३४ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

यस्तै स्याङ्जाको वालिङ ५ का ५२ वर्षीया महिला, तनहुँको व्यास ६ का ३३, ६० र ३९ वर्षका ३ पुरुष एवं नवलपुरको देवचुलीका ३, ४, ७, ११, १४ र १७ वडाका ७ वर्षीय बालक देखि ६२ वर्ष उमेर समुहका १६ जना पुरुष र ५ वर्षीया बालिका देखि ८० वर्ष समुहका १८ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी निर्देशनालयले आज जारी गरेको अध्यावधिक पहिलो विवरण अनुसार गण्डकी प्रदेशमा १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयले शनिबार बिहान पर्वत, स्याङजा, नवलपुर र लमजुङका १५ जनामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार पर्वतको कुश्मामा नेपाल आर्मीमा कार्यरत ३५ वर्षीय पुरुष तथा कुश्मा १ की ५७ वर्षीया महिला, स्याङजाको फेदीखोलाका २१ वर्षीय पुरुष, लमजुङ मध्येनेपाल ६ का ४२ वर्षीय पुरुष एवं नवलपुरको वुलिङटार ६ का ४० र ४५ वर्षका पुरुष तथा हुप्सेकोट ४ का ३३ वर्षीया महिला, ३५ वर्षीय, ५६ वर्षीय पुरुष, ३ का ४२, ५६ वर्षीया महिला, २४, ४५, ५८ वर्षीय पुरुष र ५ का ३७ वर्षीया महिलामा कोरोना देखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: