
पोखरा । पोखराका ५ सहित कास्कीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपलिका १२ का २२ वर्षीय पुरुष, १० का ३६ वर्षीय पुरुष, ८ का १७ वर्षीया महिला, २५ का २६ वर्षीय पुरुष र ५ का ५७ वर्षीय पुरुष तथा कन्ट्याक ट्रेसिङबाट पहिचान भएका कास्कीको माछापुच्छ्रे ३ का ५७ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

